IME Life New

साढे २१ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार, भोलि बोलकबोल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले साढे २१ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ २८ गते जारी हुने २१ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। कार्यालयले २८ दिने ५ अर्ब रुपैयाँ ९१ दिने ८ अर्ब ५० करोड रुपैयाँ र १८२ दिने ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।

Crest

यी ट्रेजरी बिल क्रमशः असार २५ गते, भदौ २५ गते, मंसिर १८ गते र मंसिर २५ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS