IME Life New

नक्कली नोटको बिगबिगी: काठमाडौंको चिया पसलबाट हजार दरका ५१४ थान बरामद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा फेरि नक्कली नोटको बिगबिग बढ्न थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली नोटको कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेपछि यो घटना बाहिर आएको हो। पक्राउ पर्नेमा कलंकीमा चिया पसल चलाउँदै आएकी ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका–५ की ४१ वर्षीया निलिमा श्रेष्ठ छन्।

कलंकीको एउटा चिया पसलमा नक्कली नोटको कारोबार भइरहेको सुराकी पाएपछि प्रहरी टोली शनिबार राति डंगोलको पसलमा पुगेको थियो। त्यहाँबाट प्रहरीले डंगोललाई १ हजार दरको ५१४ थान (५ लाख १४ हजार रुपैयाँबराबरको) नक्कली नोटसहित पक्राउ गरेको हो।

Esewa
Crest

यो नक्कली नोटको कारोबारमा डंगोलसँगै अर्की एकजना महिला पनि संलग्न प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगायो। त्यसपछि श्रेष्ठलाई नागर्जुन–५ पद्मा कोलनीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवैजनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। नक्कली नोटको कारोबारमा ठूलै गिरोहको संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ।

यो गिरोहले अहिलेसम्म कति थान नक्कली नोट बजारमा परिचालन गरिसके भन्ने विषयमा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। कसैलाई नोटमा शंका लागेमा प्रहरीमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS