IME Life New

बेलायतमा राजा चार्ल्स तृतीयको तस्बिर अंकित बैंक नोट प्रचलनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा बुधबारदेखि राजा चार्ल्स तृतीयको तस्बिर अंकित बैंक नोट प्रचलनमा आएको छ।

बैंक अफ इंग्ल्यान्डले बैंक नोटमा तस्बिर अंकित चार्ल्स तृतीय दोस्रो राजा हुन्। यसअघि उनकी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको तस्बिर अंकित बैंक नोट प्रचलनमा आएको थियो। बैंक अफ इंग्ल्यान्डले बैंक नोटमा सम्राटको तस्बिर परिवर्तन गरेको पनि यो पहिलोपटक हो।

Esewa
Crest

बैंक नोट ५, १०, २० र ५० राजा चार्ल्स तृतीयको तस्बिर अंकित गरी प्रचलनमा ल्याइएको छ। बैंक नोटका बाँकी डिजाइन यसअघिकै राखिएको छ। जुन यसअघि रानी एलिजाबेथ द्वितीयको तस्बिर अंकित बैंक नोटमा राखिएको थियो।

बैंक अफ इंग्ल्यान्डले विस्तारै नयाँ बैंक नोट प्रचलनमा ल्याएको हो। राजा चार्ल्स तृतीयका समर्थकले प्रचलनमा आएको नयाँ बैंक नोट पुराना नोटसँग साट्न पाउने बैंक अफ इंग्ल्यान्डले जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS