Connect IPS
IME Life

प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकटमा २५ प्रतिशत छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

अन्नपूर्ण केबलकार प्रा.लि. पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे , धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS