Connect IPS
IME Life

शेयरधनीलाई लाभांश बुझिलिन कृषि विकास बैंकको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले लाभांश रकम भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई बुझिलिन आग्रह गरेको हो । लाभांश प्रयोजनका लागि शेयरधनीहरुलाई अविलम्ब शेयर अभौतिकिकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीले विभिन्न साधारण सभाहरुबाट पारित भएको नगद लाभांश रकम शेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा हुने व्यवस्था गरेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बरसहितको विवरण अद्यावधिक गराउन आग्रह गरेको छ ।

कम्पनीले यथाशीघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आग्रह गरेको छ ।
कम्पनीले पाँच वर्षसम्म पनि कुनै लगानीकर्ताको दाबी प्रस्तुत नभएका लाभांश रकम कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS