IME Life New

बैंकहरुमा निक्षेप बढेको बढ्यै, कर्जाको माग भने सुस्तै, सीडी र अन्तरबैंक ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ। लगानीको माग भने सुस्त नै रहेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार जेठ १८ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन जेठ १७ गतेसम्म बैंकहरुको कुल निक्षेप ६२ खर्ब १९ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ४ अर्ब रुपैयाँ रहेकोमा जेठ १८ गते बढेर ५५ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुमा कर्जाको माग भने सुस्त नै देखिएको छ। जेठ १७ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा जेठ १८ गते पनि त्यति नै रहेको देखिन्छ।

निक्षेप बढ्दा बैंकहरुको औसत सीडी रेसियो जेठ १८ गते घटेर ८०.०८ प्रतिशतमा झरेको छ। अघिल्लो दिन सीडी रेसियो ८०.१७ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत तल नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS