IME Life New

के हो ‘ऋण भुक्तानी आम्दानी अनुपात’ ? कति छ सीमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आम्दानी र खर्चको सही हिसाब गरेरमात्र कर्जा उपयोग गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको तुलनामा कर्जा भुक्तानीको दायित्व कति छ भनेर गणना गर्ने गर्दछन्। ऋणीको कर्जा भुक्तानी दायित्वलाई कुल आयले भाग गरेपछि आउने अनुपातलाई ‘ऋण भुक्तानी आम्दानी अनुपात’ भन्ने गरिन्छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने व्यवस्था छ।

घर–जग्गा खरिद÷निर्माण प्रयोजनमा प्रवाहित कर्जामा भने यस्तो अनुपात अधिकतम ७० प्रतिशतसम्म हुने गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS