IME Life New

डिशहोम फाईबरनेटले सार्वजनिक गर्यो स्मार्ट अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । डिशहोम फाईबरनेटले इन्टरनेट र डिटीएच (टीभी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा विशेष छुट प्रदान गर्ने अफर ल्याएको हो ।

ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्ने कम्पनीले जनाएको छ । ३ हजार ३५० पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने ग्राहकहरुले मात्र १ हजार ६४९ मा पाउन सक्नुका साथै, ९ हजार ९९९ पर्ने फायर(बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र २ हजार ९९९ मा लिन सक्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीका अनुसार डिजिटल होम इन्टरनेशनलबाट साना देखि ठूला होम अपलायनसेसमा विशेष छुट लिन सक्नेछन् । एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम ६(महिना प्याकेजको साथ नयाँ डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सन जडान गरेको हुनु पर्ने छ । अथवा आफुले चलाईरहनु भएको डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सको प्याकेज कम्तीमा ६(महिनाको लागि रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।

होम अपलायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकवर्गले १२ महिनाको ईन्टरनेट वा डिटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखी सबै डिएचआई प्रोडक्टहरुमा १८५ छुट पाउन सक्ने बताउँदै कम्पनीले २४ महिने ईन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४५ छुट पाउने जानकारी दिए ।

यो विशेष अफरले डिशहोमका ग्राहकहरुका लागि मनोरञ्जन अनुभवलाई अपग्रेड मात्र गर्दैन तर अत्यावश्यक घरेलु उपकरणहरूमा पनि पर्याप्त बचत प्रदान गर्ने कम्पनीले विश्वास जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS