Connect IPS
IME Life

एनआईसी एशिया बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स-२०२४

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तरराष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि इनोभेसन अवार्ड अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट कम्पनी सम्मानित भएको हो ।

नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तरराष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत उक्त कम्पनीले १० विधामा २०० आवेदनहरुका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो ।

Prabhu
Crest

आईसर्भ उक्त कम्पनीले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ ।

जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको कम्पनीले बताएको छ ।

कम्पनीले प्राप्त गरेको यस प्रकारको सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरु माझ पुर्‍याउन टेवा पुग्ने विश्वास लिएको पनि बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS