काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । बैंकले बिक्रीमा ल्याइएको संस्थापक शेयरको संख्या खुलाएको छैन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
बैंकले तोको उक्त समयमा पनि बैंकका संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेम सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले बताएको छ ।