IME Life New

बैंकिङ कारोबार गर्ने संस्थाले बीमा सेवा प्रदान गर्नु नीतिगत कमजोरीः महालेखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले व्यावसायिक उद्देश्यको सीमा क्षेत्रभन्दा बाहिर रहेर बैंकिङ संस्थाले बीमा सेवा उपलब्ध गराइरहेकोमा प्रश्न गरेको छ। महालेखाको ६१ औँ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘बैंकिङ कारोबार गर्ने उद्देश्यले स्थापित संस्थाहरुबाट बीमासम्बन्धी कार्य गराइरहेको सम्बन्धमा नीतिगत स्पष्टता हुनुपर्ने देखिन्छ भन्दै टिप्पणी गरेको छ।’

महालेखाले कृषि विकास बैंक, लघुवित्त वित्तीय संस्था, वित्तीय संस्थासमेतले बीमा कार्यक्रम सञ्चालन गरेको विषयमा प्रश्न गरेको हो। बीमा ऐन, २०७९ को दफा २४ मा ऐनबमोजिम कसैले इजाजतपत्र नलिएर बीमा, पुनर्बीमा, बीमा कोषजस्ता शब्दको प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमासम्बन्धी कुनै पनि कारोबार, उद्योग वा व्यवसाय गर्न बन्देज लगाइएको छ।

Esewa
Crest

बीमा ऐन २०७९ ले बीमा क्षेत्रको नियामक निकायका रुपमा नेपाल बीमा प्राधिकरणलाई पहिचान गरे पनि प्राधिकरणको नियमन छाताबाहिर रहेर समानान्तर रुपमा बीमा र बीमासरह सेवा प्रदान गर्ने थुप्रै संस्था सञ्चालनमा रहेका छन्। तिनलाई प्राधिकरणको नियमनको दायराभित्र ल्याउने काम हुन सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS