IME Life New

एसीयूले विद्यमान संयन्त्रलाई थप व्यवस्थित बनाउने गभर्नर अधिकारीको विश्वास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी जेठ १७–१८ गते बंगलादेशको ढाकामा आयोजित एसियन क्लियरिङ युनियन (एसीयु) को ५२ औंँ बोर्ड बैठकमा सहभागी हुनुभई जेठ १९ गते स्वदेश फर्किएका छन्।

बंगलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुक्दरको अध्यक्षतामा आयोजित बैठकमा एसीयूका महासचिव फरहाद मोर्सली पावार्सीले सन् २०२२ मा युनियनबाट भएका कामकारबाहीसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा गभर्नर अधिकारीले विश्व परिवेशमा देखिएको भू–राजनीतिक उतारचढाव र मूल्यवृद्धिका बाबजुद नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक रहेको जानकारी दिए।

Esewa
Crest

सोही अवसरमा गभर्नर अधिकारीले एसीयूले सदस्य राष्ट्रहरुबीचको व्यापारलाई सहजीकरण गर्ने, मौद्रिक तथा प्राविधिक सहयोगलाई बढावा दिने र विद्यमान संयन्त्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे।

बैठकमा युनियनमा आबद्ध अन्य केन्द्रीय बैंकका पदाधिकारीले समेत आ–आफ्नो तर्फबाट मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा सहभागी मुलुकका विद्यमान भुक्तानी संयन्त्रमाथि छलफल भएको थियो। सो अवसरमा गभर्नर अधिकारीले नेपालको भुक्तानी प्रणालीमा भएको विकासबारे चर्चा गर्दै प्रणालीका नीतिगत र संस्थागत व्यवस्थाका बारेमा सङ्क्षिप्त जानकारी दिए। उनले नेपालको एनपीआई र भारतको यूपीआईबीच अन्तरआबद्घताले दुई देशबीचको भुक्तानी कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

गभर्नर अधिकारीसँग विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक निश्चल अधिकारीसमेत बैठकमा सहभागी भएका थिए। एसीयूमा बंगलादेश, बेलारुस, भुटान, भारत, इरान, मौरिसस, माल्दीभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी ११ मुलुकका केन्द्रीय बैंकहरु आबद्ध छन्। सदस्य मुलुकबीच अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो।

युनियनको सचिवालय इरानको तेहरानमा छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS