IME Life New

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न गरेको छ । बैंकका संचालक लिसा शेरचनबाट साइकल र्‍याली मा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संवोधन गरिए पश्चात साइकल र्‍याली को शुरुवात गरिएको थियो ।

बिहान ७ः४५ बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो ।

Esewa
Crest

उक्त साइकल र्‍यालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवद्र्वक, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु बाक्लो उपस्थिती रहेको थियो । वि.सं २०७९ सालमा १५० जना सहभागीहरुबाट शुरु भएको साइकल र्‍याली यस तेस्रो संस्करण साइकल ¥यालीसम्म आइपुग्दा १५०० जना भन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ ।

यस साइकल र्‍यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिँदै जाने बताएको छ ।

सो साइकल ¥यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरुका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथा मार्फत उपलब्ध गराउनुका साथै साइकल र्‍यालीमा सहभागी हुनुभएका एक जना भाग्यसाली सहभागी भक्तपुर निवासी रविन रचालिका लाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।

साइलक र्‍यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्वन्धि प्रोडक्ट समेत लन्च गरेकोछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS