IME Life New

स्वस्तिक लघुवित्तद्वारा गुडिया बनाउने तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सिराहाको कल्याणपुर शाखा अन्तर्गत रहेको बिष्णुपुर गाउँपालिका २ राजपुरमा आफ्ना ग्राहक सदस्यहरुको आम्दानी बृद्धि गराउने उद्देश्यका साथ गुडिया बनाउने तालिम प्रदान गरेको छ ।

तालिममा कल्याणपुर शाखाबाट वित्तीय सेवा उपभोग गरिरहेका १९ जना महिला सदस्यको सहभागीता थियो । माया कुमारी गुप्ता तालिम सञ्चालक रहेको उक्त तालिममा कम्पनीको तर्फबाट आन्तरिक लेखापरिक्षण विभाग प्रमुख गणेश गुरुङ्ग र सोही शाखाको शाखा प्रमुख अमरेश कुमार महतोको उपस्थिति थियो ।

Esewa
Crest

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले हालको विषम परिस्थितिमा सम्भब भएसम्म आयमुलक तालिम मार्फत् आम्दानी बृद्धि गराई कर्जा असुलीसँगै ऋणीको दिगो आम्दानी श्रोतको पनि विकास गर्ने लक्ष्य रहेको बताए ।

यसअघि कम्पनीले वित्तीय चेतनालाई लक्षित गर्दे वित्तीय साक्षरता कार्यक्रमहरु ग्राहक सदस्य तथा विद्यार्थीहरु बीच सञ्चालन गर्दै आएको थियो । अब दोश्रो चरणको रुपमा आयमुलक तालिमलाई प्राथमिकताका साथ अगाडी बढाउने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS