IME Life New

बैंकहरुमा पैसा थुप्रियो, तरलता व्यवस्थापनमा सकस, भोलि फेरि २५ अर्ब खिच्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा पैसा थुप्रिएसँगै नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न निकै सकस परेको देखिन्छ। कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ।

निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

Esewa
Crest

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो जेठ महिना लागेयता मात्रै सातौँपटक निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको छ। भोलि जेठ १८ गते फेरि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट एकैदिन २५ अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि भोलि मध्याह्न १२ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज जेठ १७ गते ५० अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब ६ अर्ब रुपैयाँ र कर्जा प्रवाह ५१ खर्ब २० अर्ब रुपैयाँ रहेको छ। बैंकहरुको औसत सीडी रेसियो ८०.२७ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS