IME Life New

सरकारले कृषि बीमाको रु. ९७ करोड तत्कालै दिने, रोकिएको बीमालेख जारी गर्न बीमकहरु सहमत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारबाट अनुदानबापत रकम नपाएपछि निर्जीवन बीमा कम्पनीहरुले रोकेको कृषि तथा पशुपन्छी बीमा व्यवसाय पुनः सुरु गर्ने भएका छन्।

कृषि तथा पशुपन्छी मन्त्रालयमा आज भएको बैठकमा निर्जीवन बीमा कम्पनीहरु कृषि बीमालेख पुनः जारी गर्न सहमति भएका हुन्। कृषिमन्त्री ज्वालाकुमारी साहको उपस्थितमा भएको बैठकमा नेपाल बीमक संघ र नेपाल बीमा प्राधिकरणका पदाधिकारीहरुको उपस्थिति थियो।

Esewa
Crest

बैठकमा सरकारले तत्कालै अनुदानबापत बक्यौता रहेको रकममध्ये ९७ करोड रुपैयाँ निकासी गर्ने भएपछि बीमालेख जारी गर्न बीमकहरु सहमत भएको बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए। ‘बाँकी रकम पनि चालु आर्थिक वर्षभित्रै भुक्तानीका लागि मन्त्रालयले पहल गर्ने भएको छ’, उनले भने, ‘अब बीमक संघको बैठकबाट यस विषयमा थप निर्णय गर्ने बैठकमा उपस्थित बीमक संघका प्रतिनिधिहरुले जानकारी गराउनुभएको छ।’

सरकारले दिने अनुदान रकम लामो समयदेखि रोकिँदा निर्जीवन बीमा कम्पनीहरुले गत वर्ष चैत १ गतेदेखि कृषि तथा पशुपन्छी बीमालेख जारी गर्न बन्द गरेका थिए। सरकारले कृषि तथा पशुपन्छीको बीमा गर्दा किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको थियो। बीमा गर्न लाग्ने प्रिमियमको २० प्रतिशत किसानले भुक्तानी गरेपछि बीमा कम्पनीहरुले बीमालेख जारी गर्दै आएका थिए। बाँकी ८० प्रतिशत सरकारले बीमा कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ। विगत ३ वर्षदेखि सरकारले अनुदानबापतको रकम बीमा कम्पनीलाई भुक्तानी गर्न बाँकी छ।

केही समयअघि सरकारले कृषि बीमाको अनुदानबापतको ४६ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको थियो। अब बीमा कम्पनीहरुले करिब २ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS