IME Life New

नेपालबाट दैनिक ४०० मेगावाट विद्युत भारततर्फ निर्यात सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालले दैनिक ४०० मेगावाट विद्युत भारततर्फ निर्यात गर्न सुरु गरेको छ।

नेपाल विद्युत् प्राधिकरणले वर्षाले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा फेरि विद्युत् निर्यात सुरु गरिएको जनाएको हो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् जेठ १४ गते रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको छ।

Esewa
Crest

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४०० मेगावाट हाराहारी बिजुली भारत निर्यात भइरहेको जानकारी दिए। ‘पिक समयमा नेपालभित्रको खपत पनि २ हजार मेगावाट पुगेको छ’, उनले भने, ‘७÷८ वर्षअघि दैनिक विद्युत् खपत एक÷डेढ करोड युनिट हाराहारी रहेकोमा अहिले बढेर साढे ४ करोड युनिट पुगेको छ।’

आन्तरिक माग पूरा गरी अतिरिक्त १ हजारदेखि १ हजार २०० मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात गर्ने लक्ष्य राखिएको घिसिङ बताउँछन्। ‘निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पनि प्रस्ताव पठाइसकेका छौँ’, उनले भने।

द्विपक्षीय सम्झौताबमोजिम भारत बिहार राज्यलाई करिब २०० मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० मेगावाट हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिए। केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ जलविद्युत् आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ। ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म ५ वर्षका लागि ११० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ।

एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ। नेपालले विद्युत् रियल टाइम मार्केटमा खरिद–बिक्री अनुमति पनि पाएको छ। ६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS