IME Life New

हिमालयन बैंकको साढे १५ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको साढे १५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। शेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक हुन सक्ने बैंकले जनाएको छ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS