IME Life New

करको दायरामा आउनेलाई छुट दिने सरकारको घोषणा, फागुनसम्म बुझाउनेलाई लाग्ने शुल्क र ब्याज मिनाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले करको दायरामा आउनेलाई छुट दिने घोषणा गरेको छ। सरकारले आर्थिक विधेयक २०८१ मार्फत करको दायरामा आउनेलाई छुटको व्यवस्था गरेको हो।

कुनै व्यक्तिले विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८।७९ र २०७९।८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर संवत् २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ। आय विवरण र सोबमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर शुल्क तथा ब्याज बुझाउनुपर्ने छैन।

Esewa
Crest

यसैगरी स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, सो आय विवरणअनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ।

२०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको २५ प्रतिशत हुने रकम २०८१ फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने व्यवस्था सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS