IME Life New

कृषिउपज धितोमा सहज ढंगले कर्जा प्रवाह, ब्याजमा सहुलियत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कृषिउपज धितोमा सहज ढंगले कर्जा प्रवाहको व्यवस्था गर्ने भएको छ।

संयुक्त सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषिउपज धितोमा सहज ढंगले कर्जा प्रवाहको व्यवस्था मिलाइने बताएका हुन्। ‘उत्पादनका लागि लामो अवधि लाग्ने कृषिउपजको कर्जामा ब्याजमा अनुदान दिने व्यवस्था मिलाएको छु’, उनले भने।

Esewa
Crest

निर्यात गरिने कृषिउपजको प्रमाणीकरण र प्रयोगशाला परीक्षणमा सहजीकरण गरिने पनि अर्थमन्त्री पुनले बताए। ‘स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा सबै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र विकास गरिनेछ’, उनले भने।

सरकारले स्वदेशमै उत्पादन हुने दूधालु गाईवस्तुमा नस्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS