IME Life New

बजेट युवापुस्ताको अपेक्षाबमोजिम छः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट युवापुस्ताको अपेक्षाबमोजिम रहेको दाबी गरेका छन्।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो दाबी गरेका हुन्। ‘सूचना प्रविधिमा आएको क्रान्ति, कृत्रिम बौद्धिकताको बढ्दो प्रयोग र ज्ञान आधारित अर्थतन्त्रको विकास भइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रले नयाँ पुस्ताअनुकूलको अर्थतन्त्र माग गरेको छ’, उनले भने।

Esewa
Crest

युवापुस्ताले अपेक्षा गरेअनुरुप कौशलयुक्त ज्ञान, सीप, नवप्रवर्तन र उद्यमशीलता बढाउन आवश्यक रहेको अर्थमन्त्रीले बताए। ‘सन् २०२६ मा विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भएपश्चात लिनुपर्ने रणनीति, २०३० भित्र अन्तर्राष्ट्रियस्तरमा दिगो विकास लक्ष्यको प्रतिबद्धता र मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने लक्ष्यलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षमा आर्थिक गतिविधिलाई तीव्रता दिइनेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS