IME Life New

आगामी आर्थिक वर्ष ‘आर्थिक सुधारको वर्ष’ घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्। ‘समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न र आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन आगामी आर्थिक वर्षलाई आर्थिक सुधारकोे वर्ष घोषणा गरेको छु’, उनले भने।

Esewa
Crest

मुलुकको अर्थतन्त्र सरकार निरन्तर प्रयास चलायनमान हुँदै गएको अर्थमन्त्री पुनले बताए। ‘विगतमा सुरु गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्दै बद्लिँदो विश्व अर्थव्यवस्था र नेपालको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउन आवश्यक ठानेको छु’, उनले भने।

संविधानको परिकल्पनाअनुसार राष्ट्रिय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्र आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील बनाउँदै समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको पुनले बताए। ‘बजेटलाई आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्दै आमनागरिकमा आशा जगाउने दस्तावेजका रुपमा प्रस्तुत गरेको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS