IME Life New

बैंकको आधारदर भनेको के हो ? कसरी गणना गरिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका आधारदर भन्नाले मुख्यतः संस्थाको लागतका आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ।

नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। यो दर गणना गर्दा संस्थाले निक्षेपजस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत, राष्ट्र बैंकको नियमानुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता कायम गरेबापत लाग्ने लागत र सञ्चालन लागतलाई समावेश गरी प्रतिशतमा गणना गरिन्छ।

Esewa
Crest

हाल बैंकको आधारदर निम्नानुसार गणना गर्नुपर्ने व्यवस्था रहेको छः

आधारदर = कोष लागत+अनिवार्य मौज्दात लागत+वैधानिक तरलता लागत+सञ्चालन लागत (सबै प्रतिशत)

आधारदर प्रत्येक महिना घटबढ हुन्छ। यसको जानकारी पत्रपत्रिका तथा सम्बन्धित बैंकको वेबसाइटमार्फत लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS