Connect IPS
IME Life

लघु जीवन बीमकको लगानी साढे १ अर्ब बढी, कुन क्षेत्रमा कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमाससम्ममा लघु जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल साढे १ अर्ब बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिरणको तथ्याङक अनुसार लघु जीवन बीमा कम्पनीहरु लिबर्टी माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफले विभिन्न क्षेत्रमा कुल १ अर्ब ५३ करोड ८१ लाख रुपैयाँ लगानी गरेका हुन् ।

जसमध्ये गार्डियन माइक्रो लाइफले ५१ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । क्रेष्ट माइक्रो लाइफले ५१ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ भने लिबर्टी माइक्रो लाइफले ५० करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

त्यस्तै, गार्डियन माइक्रो लाइफले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा ५१ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । क्रेष्ट माइक्रो लाइफले ५१ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ भने लिबर्टी माइक्रो लाइफले ४९ करोड रुपैयाँ गरी यी तीन कम्पनीले कुल १ अब ५२ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लिबर्टी माइक्रो लाइफले मात्रै लगानी गरेको छ । कम्पनीले यस क्षेत्रमा १ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यसैगरी सूचिकृत पब्लिक कम्पनीको साधारण शेयरमा पनि लिबर्टी माइक्रो लाइफले मात्रै लगानी गरेको छ । कम्पनीले यस क्षेत्रमा ३९ लाख रुपैयाँ लगानी गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा पनि लिबर्टी माइक्रो लाइफले मात्रै लगानी गरेको छ । कम्पनीले यस क्षेत्रमा ९ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ ।
नागरिक लगानी कोष र म्युचुअल फण्डमा पनि लिबर्टी माइक्रो लाइफले मात्रै लगानी गरेको छ । जसमा कम्पनीले २५ लाख रुपैयाँ लगानी गरेको छ ।

नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त लघु निर्जीवन बीमा कम्पनीहरुलाई क वर्गको बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS