IME Life New

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।

त्यस्तै, शाखा कार्यालय अन्तर्गत शैक्षिक सत्र २०७९ मा एसईई परिक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र न ७५ समुह नं. ४ मा आवद्ध सदस्य साईली माया लामाकी छोरी लक्ष्मी लामालाई रु.१० हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

Esewa
Crest

केन्द्र नं. ६३ का प्रमुख पुना देवी राईको अध्यक्षता तथा प्रहरी कार्यालय लेले, ललितपुरका प्रहरी सहायक निरीक्षक भिम बहादुर कोइरालाको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमका विशिष्ठ अतिथिको रुपमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका नायव विभागीय प्रबन्धक मोहित नारायण यादवको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अथिति प्रहरी सहायक निरीक्षक कोइरालाले लघुवित्तले लिएको महान लक्ष्य गरिवी निवारण रहेकोले यसमा प्रहरीको पुरै साथ रहेको बताए । विशिष्ठ अतिथि मोहित नारायण यादवले हाल देशमा वित्तीय संस्थाका बारेमा भइरहेका नराम्रा कुराहरुबाट सर्तक रहन सदस्यलाई आग्रह गरे ।

त्यस्तै इलाका कार्यालय ठिमी, भक्तपुर क्लस्टरका रेखा कुमारी खैरगोलीले लघुवित्तबाट प्रदान भइरहेको सेवा सुविधाको प्रयोग गरी आय आर्जनमा बृद्धि गर्न सल्लाह दिइन् । कार्यक्रममा करीब ७० जना ग्राहक सदस्य तथा अभिभावकको सहभागीता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS