IME Life New

सहज रुपमा बैंकिङ सेवा प्रदान गर्ने वातावरण बनाइदिन बैंक/वित्तीय संस्थाको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनहरुले सहज रुपमा बैंकिङ सेवा प्रदान गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन्।

नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त रुपमा एउटा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘विगत केही समययता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरु लाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुरÞ्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनहरुमा यस्ता क्रियाकलाप झन् बढ्दै गएको र विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ ।’

Esewa
Crest

पछिल्लो समययता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा केही अप्रिय घटनाहरु भएको विज्ञप्तिमा उल्लेख छ। ‘कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्नेलगायतका निन्दनीय कार्यहरु भएको छ’, विज्ञप्तिमा भनिएको छ।

आफ्ना ग्राहकलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीहरु माथि गरिएको यस प्रकारको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिउको छ। ‘करोडौँ व्यक्तिको श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना निहीत स्वार्थपूर्तिका लागि नियोजित रुपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरुको अराजक क्रियाकलापको हामी भर्त्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि नेपाल सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भइरहेका यस्ता अवान्छित गतिविधिले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट ग्राहक वञ्चित हुन पुगेको विज्ञप्तिमा उल्लेख छ। ‘प्रचलित ऐन, कानुनबमोजिम स्थापित संस्थाहरुले कानुनबमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा हामी खेद प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका अवाञ्छित गतिविधिलाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवाअन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिनका लागि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ।’

त्यस्तैगरी व्यावसायिक सहजीकरणका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिदिनका लागि स्थानीय सरकार तथा सम्बन्धित अन्य निकायहरुलाई विज्ञप्तिमार्फत आग्रह गएिको छ। ‘ग्राहक र बैंक तथा वित्तीय संस्थाबीचमा सुमधूर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैव मुख्य प्राथमिकतामा राखी, यस्ता किसिमका घटनाबाट कत्ति पनि बिचलित नभई आगामी दिनमा निरन्तर रुपमा ग्राहकलाई अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न हामी पूर्णरुपमा प्रतिबद्ध रहेका छौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS