IME Life New

कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिष्ट्रर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु ५० को टप–अप जित्न सक्नेछन्। यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुनेछ ।

Esewa
Crest

त्यसैगरी, ग्राहकहरुले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत इयरबर्डस जित्न सकिनेछ । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ ।

यसै गरी, कारोवार गर्ने ग्राहकहरु मध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त–भर लागु हुनेछ ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS