IME Life New

बैंकहरुको निक्षेप रु. ११ अर्बले बढ्दा कर्जा प्रवाह भने घट्यो, सीडी र अन्तरबैंक दर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो एक साताको अवधिमा बैंकिङ प्रणालीमा ११ अर्ब रुपैयाँ बढ्दा कर्जा प्रवाह भने घटेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार जेठ १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। वैशाख २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ७५ अर्ब रुपैयाँ थियो। यो हिसाबले यो एक साताको अवधिमा बैंकहरुको कुल निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ।

Esewa
Crest

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ। गत वैशाख २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ६१ अर्ब रुपैयाँ रहेकोमा जेठ १ गतेसम्म बढेर ५४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार कर्जाको माग भने अझै बढ्न नसकेको देखिन्छ। गत वैशाख २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा जेठ १ गतेसम्म १ अर्ब रुपैयाँले घटेर ५१ खर्ब १० अर्ब रुपैयाँमा झरेको छ। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर जेठ १ गतेसम्म ४५ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४५ खर्ब २० अर्ब रुपैयाँ थियो।

जेठ १ गतेसम्म बैंकको अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल नै रहेको छ भने औसत सीडी रेसियो ८०.३५ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS