काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ । साविक सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिएपछि बनेको सामुदायिक लघुवित्तको नामबाट शेयर कारोबारमा आउने भएको छ। सामुदायिक लघुवित्तको नामबाट २ लाख ५६ हजार ५० कित्ता शेयर सूचिकरण भएको हो । उक्त सूचिकृत शेयर आइतबारबाट कारोबारमा आउनेछ ।
साविक सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिने/ गाभ्ने तथा मर्जर गर्दा कायम हुन आएको १ः०.८५३५ प्रतिशेयर अंकित १ सय रुपैयाँको दरले क्रम संख्या १४ लाख ५२ हजार १ देखि १७ लाख ८ हजार ५० सम्मको कुल २ लाख ५६ हजार ५० कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली बमोजिम नेप्सेमा कारोबार हुने भएको हो ।
उक्त शेयरको ओपनिङ रेञ्ज ८८३ रुपैयाँ ९७ पैसा रहेको छ । आइतबार यही मुल्यलाई आधार मानि कम्पनीको शेयर कारोबार खुल्नेछ ।
1715926010650