IME Life New

शेयर लगानीकर्ताले सोचेजस्तो आएन मौद्रिक समीक्षा, के होला बजार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शेयर लगानीकर्ताहरुले सोचेजस्तो आएन। तेस्रो समीक्षाले शेयर बजारलाई नछोएपछि लगानीकर्ताहरु निराश बनेका छन्।

तेस्रो त्रैमासिक समीक्षामार्फत लगानीकर्ताले शेयर धितो कर्जाको सीमा हट्ने र जोखिम भार घट्ने अपेक्षा गरेका थिए। तर समीक्षाले शेयर बजारसँग सम्बन्धित कुनै पनि नीतिगत व्यवस्था फेरबदल वा परिमार्जन गरेको छैन।

Esewa
Crest

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जामा जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ कायम गरेको थियो। त्यसपछि आएको राष्ट्र बैंकको संशोधित निर्देशनमा शेयर धितो कर्जाको सीमा व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ काम गरिएको थियो। यी दुवै व्यवस्था कायमै राखिएका छन्।

बजार जानकार प्रेम ओलीले शेयर लगानीकर्ताले आशा गरेअनुरुपको मौद्रिक समीक्षा नआएकोमा निराश व्यक्त गरे। ‘शेयर बजार लामो समयदेखि साइडवेजमा चलिरहेको छ। यसपालि केही नीतिगत सुधार हुने अपेक्षा थियो’, उनले भने, ‘तर, त्यस्तो भएन। सायद बजार केही दिन अझै साइडवेजमा चल्न सक्छ।’

ब्याजदर र ब्रोकर कमिसन घट्दा पनि बजार उठ्न नसकेको अवस्थामा शेयर बजार प्रतिकूल नीतिगत व्यवस्था यथवात नै राख्नु राम्रो संकेत नभएको ओलीको भनाइ छ। ‘यो राम्रो संकेत होइन’, उनले भने, ‘हायर पर्चेजको जोखिम भार घटाएको अवस्थामा शेयर धितो कर्जाको पनि घटाउनुपर्ने थियो, त्यो काम भएन’, उनले भने, ‘यसले ठूला लगानीकर्तालाई बजारमा प्रवेश गर्न थप सशंकित गर्छ।’

ओलीले अब राष्ट्र बैंकले जारी गर्ने नयाँ निर्देशन (परिपत्र)मार्फत शेयर धितो कर्जाको सीमा हटाउनुपर्ने बताए। ‘अब निर्देशन कस्तो आउँछ, त्यसमा शेयर बजारको भविष्य निर्धारण होला’, उनले भने।

अर्का बजार जानकार मुक्ति खत्री शेयर लगानीकर्ताप्रति राष्ट्र बैंक पोजिटिभ नरहेको बताए। ‘आर्थिक सूचकहरु सकारात्मक नै रहेको अवस्थामा शेयर बजारलाई नियन्त्रण गर्न उचित होइन’, उनले भने, ‘राष्ट्र बैंकले आउँदो निर्देशनमार्फत भए पनि शेयर बजार प्रतिकूल नीतिगत व्यवस्था परिमार्जन गर्नुपर्छ।’

समीक्षा सोचेजस्तो नआएको केही दिन बजार साइडवेजमै चल्न सक्ने खत्रीको पनि अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS