IME Life
GBIME

प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोगमा ल्याउने सम्बन्धी सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्स बीच बजेट ३६० सफ्टवेयर (अटोमेटेड बजेटिङ्ग सोलुसन) प्रयोगमा ल्याउने सम्झौता भएको छ । सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले हस्ताक्षर गरेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यका साथ इन्फोडेभलपर्सले ल्याएको बजेट ३६० सफ्टवेयरले बजेटिङ्ग गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य छ । यसका लागि बजेटको निर्माण, बाँडफाँट, अनुगमन तथा रिपोर्टहरू तयार गर्न सहज हुने इन्फोडेभलपर्सका सुवेदीले बताए ।

Crest

बैंक तथा वित्तीय संस्थाको बजेट निर्माण, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्न सहयोग पुर्‍याउने बजेट ३६० स्वचालित बजेटिङ्ग प्रणाली हो । जसको माध्यमबाट गत वर्षको तथ्याङ्कमा आधारित रहेर आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको सबै प्रक्रिया गर्न सकिन्छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS