IME Life New

बैंकहरुका लागि ‘एनएफआरएस-९’ सम्बन्धी मार्गदर्शन जारी, साउनबाट कार्यान्वयनमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि ‘एनएफआरएस–९’सम्बन्धी मार्गदर्शन जारी गरेको छ। केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गर्दै ‘एनएफआरएस ९– एक्सपेक्टेड क्रेडिट रिलेटेड गाइलाइन्स–२०२४’ जारी गरेको हो।

यो मार्गदर्शनअन्तर्गत एनएफआरएस–९ आगामी आर्थिक वर्ष २०८१।८२ बाट अर्थात आउँदो साउन १ गतेबाट बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्वयनमा ल्याउनुपर्नेछ। एनएफआरएस–९ इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले तयार पारेको एउटा वित्तीय औजार हो।

Esewa
Crest

यो वित्तीय औजार सन् २०२१ जुलाई १६ बाट लागू हुने भनिएको थियो। तर, समय अभाव, कोभिड महामारी र प्राविधिक विज्ञताको अभावका कारण यो वित्तीय औजारको कार्यान्वयन अवधि आर्थिक वर्ष २०८०।८१ सम्मका लागि स्थागित गरिएको छ।

अन्ततः बैंक तथा वित्तीय संस्थाहरुका लागि एनएफआरएस–९ आगामी आर्थिक वर्ष २०८१।८२ बाट लागू हुने भएको छ।

ECL_finalReport

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS