काठमाडौं । सरकारले तरकारी तथा खाद्यन्नमा आत्मानिर्भर हुने गरि कृषि कार्यक्रमहरुको पुनरसंरचना गरिने जनाएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
बाली लगाउनु अगाडी नै कृषकलाई उत्पादनको साधानमा सहयोग गरिनेछ । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्सहान गरिनेछ । कृषि योग्य भुमिको सरक्षणमा नदी किनार सहितको बालुवा तथा नदी उकास जमिनको सदुपयोग तथा चक्लाबन्दी गरिनेछ । छरिएर रहेका कृषि भुमीको एकिकरण गरि सामुहिक खेतीको प्रवर्दन गरिनेछ ।