IME Life New

सरकारको प्राथमिकतामा पुँजीबजार, यसअघिका सुझाव कार्यान्वयन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राखेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा प्रस्तुत भइरहेको नीति तथा कार्यक्रममा पुँजीबजारलाई पनि प्राथमिकतामा राखिएको हो। पुँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने सरकारले नीति लिएको राष्ट्रपति पौडेलले बताए।

Esewa
Crest

नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पौडेलले बताए। ‘बैंक तथा वित्तीय संस्था, लघुवित्त र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ’, उनले भने।

व्यावसायिक वातावरण तयार गरी उद्योगी–व्यवसायीको मनोबल बढाइने सरकारको नीति रहेको छ। ‘छरिएर रहेका साना पुँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको’, पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS