IME Life New

करदाताको व्यावसायिक लागत घटाउन कर प्रणालीमा सुधार गर्ने सरकारले नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले करदाताको व्यावसायिक लागत घटाउन घर प्रणालीमा सुधार गर्ने नीति लिने भएको छ।

आज संसदमा आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्। ‘करदाताको व्यवसायिक लागत घटाउन कर प्रणालीमा सुधार गरिनेछ’, उनले भने, ‘आधुनिक प्रविधिको अधितम प्रयोग गर्दै राजस्व प्रशासनको दक्षता बढाइनेछ।’

Esewa
Crest

अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग विद्युतीय प्रणालीबाट सुरक्षित रुपमा वैदेशिक मुद्रामा भुक्तानी हुने व्यवस्था मिलाइने पनि सरकारले नीति लिएको छ। यसैगरी १६ योजनाको प्रभावकारी कार्यान्वयन योजना र बजेट कायम गरिने सरकारको कार्यक्रम रहेको छ। ‘आन्तरिक स्रोतको परिचालनलाई दिगो बनाई राजस्व थप क्षेत्र परिचालन गरी दायरा विस्तार गरिनेछ’, पौडेलले भने, ‘सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गर्न जोड दिइनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS