IME Life New

राष्ट्र बैंकले खारेज गर्यो इ–नेट पेमेन्टको लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको छ।

राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको पाइएपछि इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज गरिएको हो। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारेमा जानकारी दिएको छ।

Esewa
Crest

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रुपमा कार्य गर्ने गरी मिति २०७६ फागुन २१ मा अनुमतिपत्रप्राप्त इ–नेट पेमेन्टले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्योट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको ३१ औं दिनदेखि लागू हुने गरी खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS