Connect IPS
IME Life

निर्जीवन बीमकको नाफा ५५% ले बढ्यो, दुई कम्पनीको ६० करोड माथि हुँदा अन्यको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमाससम्मको आफ्ना वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले यस चैत मसान्तसम्ममा ५ अर्ब ६५ करोड १३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले ३ अर्ब ६४ करोड ४६ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुले नाफा ५५ प्रतिशतले बृद्धि गरेका हुन् ।

समिक्षा अवधिमा दुई कम्पनकिो नाफा घटेको छ । यस अवधिमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको नाफा घटेको छ । राष्ट्रिय बीमा कम्पनीको नाफा गत वर्षको तुलनामा २४ प्रतिशतले घटेको हो भने नेको इन्स्योरेन्सको नाफा १ दशलमव ६९ प्रतिशतले घटेको हो ।

Prabhu
Crest

यस अवधिमा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीले नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १०१ प्रतिशतले बृद्धि गरेको हो । नाफा बृद्धिमा हेर्ने हो भने प्रभु इन्स्योरेन्स रहेको छ । प्रभु इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा २३७ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीले यस अवधिमा नाफा ३९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा १६२ प्रतिशतले बृद्धि गरी ६० करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा १०९ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ५९ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यस वर्ष ४७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ५५ प्रतिशतले बढेको छ ।

त्यस्तै, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले समिक्षा अवधिमा ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १८१ प्रतिशतले बढेको हो । ओरिएण्टल इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा १७ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले ४६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी शिखर इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा २६ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीले यस अवधिमा ३९ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । तग वर्षको तुलनामा कम्पनीको नाफा ४६ प्रतिशतले बढी हो । सानिमा जिआइसीले गत वर्षको तुलनामा नाफा २१ प्रतिशतले बढाएको छ । यस अवधिमा कम्पनीले २० करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, नेशनल इन्स्योरेन्स कम्पनीले समिक्षा अवधिमा १४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी २ करोड १९ लाख रुपैयाँ घाटामा थियो । यस अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनीले नाफा ३ प्रतिशतले बढाएको छ । कम्पनीले यस अवधिमा १३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS