IME Life New

आयात-निर्यात दुवै घट्यो, कस्तो छ वैदेशिक व्यापारको संरचना ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको आयात र निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना चैतसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८०।८१ को ९ महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई रु.११ खर्ब ६७ अर्ब ३७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो ९ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आई रु. १ खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६.२ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको छ।

बृहत्त आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.८ प्रतिशत र ४२.७ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ प्रतिशत, ०.६ प्रतिशत र ४४.३ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत, पुँजीगत वस्तुको ९.१ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.३ प्रतिशत, ८.३ प्रतिशत र ३८.३ प्रतिशत रहेका थिए।

वार्षिक विन्दुगत आधारमा २०८० चैत महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ५.८ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक २.३ प्रतिशतले घटेको छ। २०८० चैत महिनामा व्यापारको शर्त ९त्भचmक या त्चबमभ० ८.३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS