IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सको व्यापारमा आकर्षक प्रगति, ४६ प्रतिशतले बढ्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार शेयरपुँजी १ अर्ब ९० करोड ४५ लाख रुपैयाँ भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १८ करोड ७७ रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४६.०६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४ करोड ५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा ३ करोड ३६ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ति कोषको आकार पनि २०.३८ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीको विशेष जगेडा कोषमा ९३ करोड ४२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २८ करोड ५४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको विशेष जगेडा कोषमा ७९ करोड ७१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १५ करोड ७९ लाख रुपैयाँ थियो।

कम्पनीको अन्य इक्विटीमा ७१ करोड ६३ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म अन्य इक्विटीमा ६८ करोड ४५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ८४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.१९ प्रतिशतले बढेको छ।

यो ९ महिनामा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४३ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८१.५७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ५ करोड २४ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड २२ लाख रुपैयाँ खर्चिएको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १९.२० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको ईपीएस १३.१४ रुपैयाँ थियो। पीई रेसियो २८.१३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०३.७८ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS