IME Life New

साना किसान विकास लघुवित्तको घट्यो नाफा, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ९.०२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म संस्थाले ५८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २८.३८ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड रुपैयाँ थियो। संस्थाको सञ्चालन मुनाफा भने ०.२७ प्रतिशतले घटेर ८३ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ८३ करोड ७८ लाख रुपैयाँ भएको थियो।

समीक्षा अवधिसम्म संस्थाको निष्क्रिय कर्जा अनुपात (एनपीएल) बढेर २.४१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २ प्रतिशतमा सीमित थियो।

चुक्तापुँजी ३ अर्ब ८० लाख रुपैयाँ रहेको संस्थाको शेयर प्रिमियममा १ करोड ८२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ५४ करोड रुपैयाँ र जगेडामा २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म संस्थाले २० अर्ब ४९ करोड रुपैयाँ सापटी लिई १९ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ५२.८८ प्रतिशतले घटेर १८.७३ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ३९.७५ रुपैयाँ थियो। पीई रेसियो ४३.८३ गुणा रहेको संस्थाको प्रतिशतेयर नेटवर्थ २३९.७१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS