IME Life New

खराब कर्जा बढ्दा छिमेकी लघुवित्तको नाफामा संकुचन, ३०.३८% ले घट्यो ईपीएस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म छिमेक लघुवित्तले ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा २६.९० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म संस्थाले ८८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष संस्थाको खुद ब्याज आम्दानी २ अर्ब ११ करोड रुपैयाँ थियो। संस्थाको सञ्चालन मुनाफा पनि २७.३७ प्रतिशतले घटेर ९० करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १ अर्ब २४ करोड रुपैयाँ भएको थियो।

समीक्षा अवधिसम्म संस्थाको निष्क्रिय कर्जा अनुपात (एनपीएल) बढेर ३.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.१९ प्रतिशतमा सीमित थियो।

चुक्तापुँजी २ अर्ब ९७ लाख रुपैयाँ रहेको संस्थाले शेयर प्रिमियममा ४ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४५ करोड रुपैयाँ र जगेडामा २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म संस्थाले ३२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३०.३८ प्रतिशतले घटेर २८.८३ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ४१.४१ रुपैयाँ थियो। पीई रेसियो २८.९६ गुणा रहेको संस्थाको प्रतिशतेयर नेटवर्थ २३७.३० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS