काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । २६ करोड ६६ लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ५१ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४.७८ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म स्पेसियल रिजर्भ शिर्षकमा ३ अर्ब ३१ करोड १३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
चैत्र मसान्तसम्ममा कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४२.९२ प्रतिशतले घटेको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५८.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६११.२९ रुपैयाँ रहेको छ ।