IME Life New

नीतिगत संरक्षणको आडमा हुर्कदैं निर्जीवन बीमा, आधा दशकमा ६० प्रतिशतले बढ्यो व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा व्यवसाय कम्पनीहरूको व्यापार पछिल्लो पाँच वर्षमा झण्डै साठ्ठी प्रतिशतले वृद्धि भएको छ। मोटर र सम्पत्ती बीमा बढ्दै जाँदा निर्जीवन बीमा कम्पनीको व्यापारको आकार पनि क्रमशः बढेको हो ।

यातायात व्यवस्था ऐन अनुसार तेश्रो पक्ष सवारी दुर्घटना बीमा अनिवार्य छ। यसबाहेक बैंक कर्जा जारी गरिएका धितोको सुरक्षणका लागि पनि दुर्घटना बीमा अनिवार्य रहेको छ। हवाइ क्षेत्रको बीमा पनि अनिवार्य छ। अर्को तर्फ सरकारले कृषी बीमामा ८० प्रतिशत अनुदान उपलब्ध गराइ रहेकाले यसको प्रत्यक्ष लाभ निर्जीवन बीमा कम्पनीले पाएका छन् ।

Esewa
Crest

सवारी दुर्घटना बीमा, कर्जा धितो सुरक्षण, कृषी बीमामा अनुदान, श्रमिकको अनिवार्य दुर्घटना बीमाको नीतिगत प्रावधानले सरकारले नीतिगतरूपमा नै निर्जीवन बीमकको व्यापार सुनिश्चित गरिदिएको छ। जीवन बीमा क्षेत्रमा वैदेशिक रोजगारी बीमाबाहेक अन्य बीमा अनिवार्य गरिएको छैन ।

प्राधिकरणको वार्षिक प्रतिवेदन अनुसार पाँच वर्ष अघि आ.व २०७५/७६ मा निर्जीवन बीमकले २५ अर्ब ६० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । यो रकम ५७ प्रतिशतले वृद्धि भएर आ.व २०७९/८० मा ४० अर्ब ३४ करोड रूपैयाँ पुगेको छ। निर्जीवन बीमकले आ.व २०७६/७७ मा २७ अर्ब ६५ करोड रूपैयाँ, आ.व २०७७/७८ मा ३२ अर्ब २५ करोड रूपैयाँ र आ.व २०७८/७९ मा ३९ अर्ब १५ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

पाँच वर्षको अवधिमा बीमालेख बिक्री संख्या पनि उल्लेख्य वृद्धि भएको छ। आ.व २०७५/७६ मा २१ लाख ६५ हजार बीमालेख जारी गरेका निर्जीवन बीमकले गत आव मा २७ लाख ९२ हजार बीमालेख जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS