IME Life New

बैंकहरुको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर भने ३% भन्दा तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार वैशाख १७ मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ६१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६१ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

वैशाख १७ मा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ। वैशाख १६ सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २८ अर्ब रुपैयाँ रहेकोमा वैशाख १७ सम्म बढेर ५४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो।

यसैगरी वैशाख १७ गते बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल कर्जा लगानी बढेर ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ४ अर्ब रुपैयाँ थियो।

वैशाख १७ मा बैंकहरुको औसत सीडी रेसियो ८०.७६ प्रतिशत र अन्तरबैंक ब्याजदर २.६९ प्रतिशत रहेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ८०.७८ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS