IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यापारमा उछाल, दोब्बरले बढ्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

२ अर्ब ८० करोड शेयर पुँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०९.६६ प्रतिशतले वृद्धि भएको हो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ४ लाख रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको स्पेसल रिजर्भ शीर्षकमा २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ७१ करोड २ लाख रुपैयाँ रहेको छ।

चैत्र मसान्तसम्म कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५२ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७१.३८ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन १३८.५६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष कम्पनीले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पुनर्बीमा कमिसनअन्तर्गत १ अर्ब २७ करोड खर्चिएको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ३२.५५ प्रतिशतले वृद्धि हो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २८.३७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २५४.५९ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS