IME Life New

प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित,पूँजी बढाउन ५० प्रतिशत हकप्रद जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभाले लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्दै नयाँ सञ्चालक समेत चयन गरेको छ। तीनकुने स्थित “प्रभु कम्प्लेक्स” मा बिहीबार सम्पन्न  वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० का लागि ५ प्रतिशत लाभांशको प्रस्ताव अनुमोदन गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर वापत ०.२५ प्रतिशत नगद लाभांश समेत जम्मा ५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको हो। सभाले नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी रु.२ अर्व ५० करोड पुर्‍याउन स्वीकृत बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५०.१५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Esewa
Crest

सभाले संस्थापक शेयरधनी समूहबाट संचालकमा राहुल थोकर लामा र मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ। साधारण शेयरधनी समूहबाट रामेश्वर सापकोटा,राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कुसुम लामाले कम्पनीको वासलात, नाफा नोक्सान हिसाब प्रस्तु गरेकी थिइन् । उनले  कम्पनीले निरन्तर रुपमा आफ्नो व्यवसाय वृद्धि गर्दै संस्थागत शुशासन, आन्तरिक नियन्त्रण प्रणालीमा सुदृढीकरण र जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडी बढाइ  सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गको सन्तुष्टिको मुख्य आधार भएकोलाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक निति तर्जुमा गरी सूचना प्रविधि, जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै लगिएको जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS