IME Life
GBIME

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङ्गको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, राम भरोसा वैद्यको पाँच हजार ९३८ कित्ता र संजय नारायण श्रेष्ठको एक हजार ३१९ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Crest

बैंकले तोकेको उक्त समयभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गरिने बैंकको भनाई छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS