IME Life New

आर्थिक वृद्धिदर ३.८७% रहने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकमार्फत चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको अनुमान गरेको हो। सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो। तर, सरकारको लक्ष्यभन्दा न्यून आर्थिक वृद्धिदर रहने अनुमान कार्यालयले गरेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएको थियो। चालु आर्थिक वर्षमा केही सुधार भए पनि लक्ष्यभन्दा धेरै न्यून हुने अनुमान गरिएको छ।

कार्यालयका अनुसार उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको छ। नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS