IME Life New

नेपाल लगानीका लागि उपयुक्त गन्तव्यः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपुक्त गन्तव्य रहेको बताएका छन्। उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आह्वान पनि गरेका छन्।

काठमाडौंमा आजबाट सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आह्वान गरेका हुन्। ‘हाल नेपालमा १० औद्योगिक जिल्ला सञ्चालनमा आएका छन्, थप ६ वटा विकास गर्ने योजना रहेको छ’, उनले भने, ‘यसले कम लागतमा प्रारम्भिक लगानी सुनिश्चित गर्दछ र आवश्यक पूर्वाधार एवं अन्य सहयोग गर्नेछ।’

Esewa
Crest

उदीयमान बजार भारत र चीन बीचमा अवस्थित नेपालको रणनीतिक स्थानका कारण पनि नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो भन्ने संकेत गर्ने प्रधानमन्त्री दाहालले बताए। ‘बजारमा शुल्कमुक्त पहुँच, क्षेत्रीय सम्झौताहरु साफ्टा÷बिमिस्टेक एवं स्वतन्त्र व्यापार सम्झौताले पनि द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित गरेको छ’, उनले भने।

दाहालले अन्तर्राष्ट्रिय निजी लगानीको सहज प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि अनुमोदन गर्छ भने लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजना व्यवस्थापन गर्ने गरेको बताए। ‘दुवै सरकारी संस्था स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई तोकिएको समय सीमाभित्र सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन्’, दाहालले भने।

प्रधानमन्त्री दाहालले नेपालमा वैदेशिक लगानी गरेका कम्पन्नी नाफामुखी देखिएको पनि बताए। ‘ती कम्पनीहरुले लाभांश फिर्ता लगेको अवस्थाले पनि नेपालमा लाभदायक लगानीको वातावरण भएको प्रस्ट देखाउँछ’, उनले भने।

pmspeach

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS