IME Life New

वैदेशिक रोजगार बीमाको झण्डै ७० प्रतिशत हिस्सा चारवटा कम्पनीको कब्जामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली यूवाको लागि म्यादी बीमालेख बिक्री व्यापारमा चारवटा जीवन बीमा कम्पनीले कूल व्यापारको झण्डै सत्तरी प्रतिशत हिस्सा ओगटेका छन् । वैदेशिक रोजगारमा जाने नेपाली नागरिकका लागि वैदेशिक रोजगार बीमा र सामाजिक सुरक्षा कार्यक्रममा सहभागिता अनिवार्य छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको मासिक व्यवसायीक तथ्यांक अनुसार सन नेपाल लाइफले चालू आवको चैत्र महिनासम्मको कारोबारमा २४.९५ प्रतिशत हिस्सा ओगटेको छ। यसको अधिकांश बीमाशुल्क संकलन कारोबार इसेवामार्फत् हुँदै आएको छ। यसैगरी दोश्रोमा नेपाल लाइफ इन्स्योरेन्सको बजार हिस्सा २१.४९ प्रतिशत रहेको छ। सन नेपाल लाइफले वैदेशिक रोजगार बीमामा अग्रता कायमै राखेपनि यसको बजार हिस्सा क्रमशः खस्कदै गएको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार तेश्रो ठूलाे हिस्सा आइएमइ लाइफको छ । यसले कूल व्यापारमा ११.६२ प्रतिशत हिस्सा ओगटेको छ । चाैथो स्थानमा रहेको एशियन लाइफले वैदेशिक रोजगार बीमामा ९.५३ प्रतिशत हिस्सा लिएको छ।  यसरी यी चार पुराना कम्पनीले वैदेशिक रोजगारी म्यादी बीमाको व्यापारमा कूल ६७.५८ प्रतिशत हिस्सा ओगटेका छन् ।

चालू आव २०८०/८१ को चैत्र मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी बीमावापत १० वटा जीवन बीमकले कूल २ अर्ब २८ करोड ३८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो मध्ये शीर्ष चार जीवन बीमा कम्पनीले १ अर्ब ५४ करोड रूपैयाँ संकलन गरेका हुन् ।

अहिले परम्परागत जीवन बीमा व्यापार सुस्त भएपछि अधिकांश जीवन बीमकले वैदेशिक रोजगार बीमाको व्यापारमा ध्यान बढाएका छन् । स्वदेशी लगानीका जीवन बीमकमध्ये १० वटा जीवन बीमकले वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन् । इजाजत प्राप्त कूल १४ वटा जीवन बीमकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी, विदेशी बीमकको शाखाका रूपमा रहेको मेटलाइफ र भारतीय संयुक्त लगानीको एलआइसी नेपालले वैदेशिक रोजगार बीमालेख बिक्री गरेका छैनन् । यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सले पनि यो बीमालेख जारी गरेको छैन ।

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमालेख बिक्री गर्न इजाजत दिए पनि लघु जीवन बीमक गार्जियन क्रेष्ट र लिबर्टीले अझैसम्म यो बीमालेखको बिक्री शुरू गरि सकेका छैनन् । वैदेशिक रोजगार बीमालेखका लागि बिक्री एजेण्टका रूपमा सेवा प्रदान गर्ने डिजिटल भुक्तानी सेवा प्रदायक र वैदेशिक रोजगार एजेण्टका लागि सीमित कमिशन दर निर्धारण गरिएको छ। प्राधिकरणले कमिशन दर निर्धारण गरेको भन्दा तीन गुणा बढी प्रत्यक्ष अप्रत्यक्ष खर्च हुने गरेको छ।

वैदेशिक रोजगार एजेण्ट म्यानपावरले वैधानिक दर भन्दा दोब्बर तेब्बर कमिशन रकम मागेर जीवन बीमकसँग बार्गेनिङ गरि रहेकाले कमिशनको रकम वितरणलाइ लिएर यो व्यापारमा बीमकबीच अस्वस्थ प्रतिस्पर्धाको अवस्था पैदा भएको हो । नयाँ बीमालेख बिक्रीवापतको आकडालाइ ठूलो देखाउनका लागि वैदेशिक रोजगार व्यापार आकर्षक भएपनि लागतका हिसाबले यो घाटाको व्यापारका रूपमा चलि रहेको छ। सीमित पूँजी, व्यापार र सञ्चालन खर्चका भरमा व्यापार चलाउनुपर्ने लघु जीवन बीमकका लागि वैदेशिक रोजगार बीमा व्यवसायमा हात हाल्नु फलामको च्युरा चपाउनु सरह हुन सक्ने यसका जानकारहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS